काठमाडौं । भ्रष्टाचारविरोधी अभियान्ता एवं रुसी नेता विपक्षी दलका नेता एलेक्सी नाभाल्नीको समर्थनमा रुसमा प्रदर्शन झनै बढेको छ ।
विष खुवाएर हत्या गर्न खोजिएका नाभाल्नी बलिर्नमा उपचारपछि रुस फर्किएका थिए ।
रुस पुग्ने बितिकै नभाल्नीलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । अहिले नाभाल्नी जेलमा छन् ।
नाभाल्नीले केही दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ब्ल्याक सीमा अर्बौंको सम्पती रहेको र उक्त सम्पती भ्रष्टाचारबाटै कमाएको एक भिडियो रिपोर्ट सार्वजनीक गरेका छन् ।
यसअघि पनि उनले रुस सरकारभित्र हुने भ्रष्टाचारका विभिन्न तथ्य एवं अनुसन्धानहरु सार्वजनकी गर्दै आएका थिए ।
रुसका एक सय शहरमा नाभाल्नीलाई रिहाइको माग गर्दै ठूलो प्रदर्शन भइरहेको छ ।
प्रहरीले अहिलेसम्म ४ हजारभन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।
आजपनि थुप्रै शहरमा प्रदर्शन हुन लागेको छ । तर, प्रहरीले मेट्रो स्टेसन, हाटेल रेष्टुरेन्ट, पसल बन्द गरेको छ ।
त्यस्तै नाभाल्नीका समर्थनमा सडकमा मानिसहरुलवाई भेला हुनबाट समते रोक लगाइएको छ । प्रशासनले मस्कोलगायतका शहरमा प्रदर्शन रोक्नकालागि विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।