जेनेभा। संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयले चीन सरकारका विरोधीहरुको नाम चीनलाई उपलब्ध गराएको कर्मचारीहरुले दाबी गरेका छन्। संयुक्त राष्ट्र संघको मानवअधिकारका विभिन्न गतिविधिहरुमा लामो समयदेखि सहभागी भएका उइगर अधिकारकर्मीहरु, तिब्बती तथा हङकङर्सहरुको नाम चीनलाई उपलब्ध गराएको भन्दै ठूलो विवाद उत्पन्न भएको छ।
संयुक्त राष्ट्र संघको मानवअधिकार उच्चायोगमा कार्यरत अधिवक्ता एमा रिलले ट्विटमार्फत भनेकी छन्, "विशेषरुपमा एन्टोनियो गुटेरले मलाई पदबाट हटाउने छन्। किनकी मैले राष्ट्र संघसँग मिलेर अधिकारको पक्षमा काम गरिरहेकाहरुको नाम चीनलाई उपलब्ध गराएको भन्दै मैले सक्रियतापूर्वक रिपोर्ट गर्दै विरोध गरेकी हुँ।"
हालसालै उनले टर्कीको समाचार एजेन्सीसँग ईमेलहरु पठाएको जानकारी प्राप्त गरेको खुलासा गरेकी थिइन् । ओएचसीएचआरले ती आरोपहरू अस्वीकार गरे पनि यसका कर्मचारीहरूबीच केही ईमेल, प्रेस विज्ञप्ति र अन्तर्वार्ताहरुमार्फत चीनलाई नाम उपलब्ध गराएको खुलासा भएको छ ।
संयुक्त राष्ट्र संघले चिनियाँ सरकारसँग प्यानल छलफल, सम्मेलन र मानव अधिकारसम्बन्धी खुला सत्रहरूमा भाग लिने धेरै चिनियाँ कार्यकर्ता र केही विपक्षीको नाम सार्वजनिक गरेको थियो ।
एम्मा रिलेले युएनले अझै पनि विवादास्पद अभ्यासलाई अनुसरण गरिरहेको बताएकी छन् । “मसँग वास्तवमा अहिले मलाई काम दिइएको छैन तर, संयुक्त राष्ट्र संघले मलाई निरन्तर तलब दिइरहेको छ । मैले साँचो बोल्छु भनेर मलाई हटाउन सक्दैनन् । तर तिनीहरू मलाई कुनै काम दिन चाहँदैनन्," उनले अनडोलु एजेन्सीलाई यूएनको अभ्यासको रिपोर्ट गरिसकेपछिको अनुभवबारे बताएकी छन्।