चिनियाँ वातावरणविद्हरुद्वारा याङ्गुन वन विनाश गर्ने सरकारी योजनाको निन्दा
एजेन्सी,
प्रकाशित २०७७ माघ १८ आइतबार
119
Shares
बेइजिङ। चिनियाँ वातावरणविद्हरूले चीनको सुक्खा उत्तरपश्चिम क्षेत्रको वन विनाश गर्ने योजनाले परिस्थितिजन्य विपत्ति निम्त्याएको भन्दै निन्दा गरेका छन्। चीन सरकारले वाइन बनाउनका लागि याङगुन वन विनाश गरि अंगुर खेति गर्ने योजना ल्याएको थियो। उक्त योजनाले परिस्थितिक प्रणालीमा ठूलो क्षति पुर्याउने भन्दै वातावरणविद्हरुले निन्दा गरेका हुन्।
मिडिया रिपोर्टका अनुसार वाइन मेकरलाई मुद्दा हाल्ने सम्बन्धमा पर्यावरणविद्हरूले गरेका प्रयासहरू अदालतमा रोकिएका छन्। गन्सोमा प्रान्तीय अधिकारीहरूले प्राचिन सिल्क रोडभन्दा ६० किलोमिटर भित्रको सरकारी स्वामित्वको वन कटानी गर्ने बताएको छ।
जनवरी २० मा प्रकाशित इकोनॉमिक इन्फर्मेशन डेलीको एक रिपोर्टले उजाडस्थान र बालुवाको तूफानबाट जोगाउन १९६३ मा मारोपेको जंगल विकास गरिएको थियो। उक्त वन विनाश गरि १३ स्क्वाय किलोमिटरमात्रै राखिएको छ।
आर्थिक सूचना दैनिकले दुन्हुआङको प्राकृतिक स्रोत ब्यूरोका एक अधिकारीले डोयाङलाई उद्धृत गर्दै रूखहरू “बिग्रिएको र अस्वस्थ्यकर रुखहरु र रुखहरु कुहिने अवस्थामा पुगेकोले कटानी गर्न अनुमति दिइएको” भनेर काटिएको जनाएको छ।