दुईजना मिलेर संविधानलाई कागजको खोष्टो बनाएः रामकुमारी झाँक्री
प्रकाशित २०७७ माघ २१ बुधबार
438
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले दुई जना मिलेर संविधानलाई कागजको खोष्टो बनाएको भन्दै आक्रोश पोखेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर नै संविधानलाई कागजको खोष्टो बनाएको भन्दै झाँकीले सामाजिक संजाल ट्वीटरमा आक्रोश पोखेकी हुन् ।
केही दिनअघि एक कार्यक्रमलाई संवोधन गर्दै झाँक्रीले ‘महारानी’ को संज्ञा दिएर विवादमा तानिएकी झाँक्रीले लेखेकी छिन्, ‘दुनियाँ यही समयको पर्खाइमा थियोः मैले नै वास्तविकता भनिदिउँ..भने, जिम्मेवारीसाथ भनेको छु ।’
उनले भण्डारीलाई शितलनिवासबाट निस्केर चुनावमा आएर लड्न चेतावनी दिँदै बरु बालकोट गएर बस्न समेत भनेकी थिइन् । उनको यो भनाइलाई लिएर विधवालाई विभिन्न आरोप लगाउने भन्दै आलोचना भएको थियो ।
तर ओली असंवैधानिक बन्दै सिफारिस गर्ने अनि राष्ट्रपति भण्डारीले त्यो सिफारिसलाई निर्णय गर्दै जानुले आजको दिन आएको भन्दै झाँक्रीले आक्रोश पोखेकी थिइन् ।
बुधबार बिहान संवैधानिक निकायका पदाधिकारीलाई राष्ट्रपति भवनमा सपथ दिलाइएपछि झाँक्रीले लेखेकी छिन्, ‘पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब ? दुईजना मिलेर संविधानलाई कागजको खोष्टो बनाए । हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र ?