अख्तियारका नवनियुक्त प्रमुख राईले सम्हाले कार्यभार
प्रकाशित २०७७ माघ २१ बुधबार
180
Shares
काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा बुधवार नियुक्त भएका प्रेमकुमार राईले शपथ लगत्तै कार्यभार सम्हालेका छन् ।राष्ट्रपति कार्यालय, शितल निवासमा शपथ ग्रहण गरे लगत्तै टंगालस्थित कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन् ।
उनीसँगै नियुक्त भएका आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् ।नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरूलाई अख्तियारका आयुक्तसहित कर्मचारीहरूले स्वागत गरेका थिए ।