छ महिनामा ५१९ मुद्दा फैसला : मकवानपुर जिल्ला अदालत
रासस,
प्रकाशित २०७७ माघ २१ बुधबार
503
Shares
वाग्मती। मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा फैसला गरेको छ। गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फर्छ्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए।
गत आर्थिक वर्ष दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फर्छ्यौट गरिएको हो। गत आवमा फर्छ्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवको पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९ मुद्दा पुगेको बताइएको छ।
अदालतले एक भिजन एक मिसन, एक वर्षभित्र न्याय सम्पादनको सिद्धान्तलाई अङ्गीकार गरेको जानकारी दिनुहुँदै भट्टराईले सबै किसिमका मुद्दाहरू छ महिनादेखि एक वर्षभित्र फर्छ्यौट गर्ने गरी काम भइरहेको बताए। कोरोनाको महामारीका कारण अदालतको काम कारबाही प्रभावित भएकाले पुरानो मुद्दा फैसलामा ढिलाइ भएको उनले बताए। अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको दुई वर्ष पुरानो १६ मुद्दा फैसला हुन बाँकी छ। उक्त मुद्दामध्ये १० देवानी तथा ६ फौजदारी मुद्दा फैसला गर्न बाँकी छ।