काठमाडौँ । के तपाईँले कहिल्यै डरलाग्दो चलचित्र हेर्नुभएको छ जहाँ प्रेतवाधित घरमा वस्तुहरू आफैँ सर्दछन् या रगतका दागहरू स्वचालित रूपमा देखिन्छन् ? त्यस्ता घटनाहरू वास्तविक जीवनमा पनि हुन्छन् र यी केवल केही उदाहरणहरू हुन् । सूक्ष्म लोकहरूबाट आसुरी शक्तिहरूले अलौकिक या असाधारण घटनाहरू अथवा परिस्थिति सिर्जना गरेर भूलोकमा मानिसहरूलाई भयभीत बनाई दिन्छन् ।
यद्यपि, ती घटनाहरू जुन सूक्ष्म शक्तिहरूले निर्मित गर्दछन् ती सबै घटनाहरू ज्यादै नाटकीय या असाधारण हुँदैन । उनीहरू प्रत्येक दिन विभिन्न माध्यमहरूबाट हाम्रो जीवनमा घुसपैठ गर्दछन् । उदाहरणको लागी व्यक्तिलाई अत्यधिक निराशामा ढकेल्न सक्छ, व्यक्तिलाई व्यसनी बनाई दिन्छ, परिवारमा झगडा उत्पन्न गर्न सक्छ तथा समाजमा यस्तो चलन ल्याउन सक्छ कि जसले वातावरणमा आध्यात्मिक अशुद्धता बढाउन सक्छ ।
उनीहरूले यो सबै कसरी गर्छन् ? यसको जवाफ हो, कष्टदायक शक्ति अथवा कालो शक्तिको माध्यबाट । एसएसएआरएफ को वेबसाइटमा, हामीले यो शब्दको व्यापक रूपमा प्रयोग गरेका छौं । यस लेखमा हामी कालो शक्ति या कष्टदायक शक्तिको अवधारणा र यसको प्रयोग कसरी गरिन्छ भन्ने बारेमा वर्णन गर्नेछौँ ।
कालो शक्ति, शक्तिको एउटा सूक्ष्म रूप हो जसको प्रयोग आध्यात्मिक जगमा अनिष्ट शक्तिहरूले धर्तीमा रहने सजीव तथा निर्जीव वस्तुहरू वा सूक्ष्म जगतको अर्को जीवलाई आक्रमण गर्नको लागि गरिन्छ । अनिष्ट शक्ति सूक्ष्म शक्ति हुन् जसको उद्देश्य अरूलाई हानि पुर्याउछ । कालो शक्ति उनीहरूको आक्रमणको प्रमुख शस्त्र हो ।
कालो शक्ति तम प्रधान हुन्छ । अध्यात्म शास्त्र अनुसार ब्रह्माण्डको सृष्टि त्रिगुणबाट भएको छ, सत्त्व, रज एवं तम । यी तीन घटकहरू स्थूल-सूक्ष्म, दृश्य-अदृश्य सबैमा विद्यमान छन् । सत्त्व घटक प्रमुखताले व्यक्तिमा आध्यात्मिक ज्ञान र आध्यात्मिक शुद्धता बढाउँछ, रजोगुण कार्य गर्नको लागि सक्षम बनाउँछ र तमोगुणले आध्यात्मिक अज्ञानता र निष्क्रियता उत्पन्न गर्दछ । कुनै पनि चीजबाट उत्पन्न हुने सूक्ष्म कम्पनहरू (सकारात्मक या नकारात्मक) उसको सूक्ष्म मूल, सत्त्व एवं तम घटको अनुपातमा निर्भर गर्दछ ।
यसको मतलब हो कष्टदायक शक्ति या कालो शक्ति तम प्रधान अथवा आध्यात्मिक रूपमा अपवित्र (तामसिक शक्ति) हुन्छ । यो फैलिन तथा सक्रिय हुनको लागि रज गुणको प्रयोग गर्दछ । यसले नकारात्मक स्पन्दनहरू प्रक्षेपित गर्दछ ।
कष्टदायक शक्ति या कालो शक्ति सूक्ष्म शक्ति हो तथा यसलाई उन्नत छैटौँ इन्द्रियको माध्यमबाट हेर्दा यसको रङ्ग कालो देखिन्छ। यहाँ ‘कालो’ शब्द भौतिक जगतको कुनै पनि व्यक्ति अथवा जातिसँग सम्बन्धित हुँदैन । विश्वको कयौँ सन्त एवं साधक छन् जुन श्याम वर्णका छन् । व्यक्तिको रङ्ग-रूप अथवा जातिले आध्यात्मिक उन्नति गर्ने क्षमता कुनै असर गर्दैन।
कष्टदायक शक्ति या कालो शक्तिको ऊर्जा स्रोत के हो ?
पातालको तल्लो सूक्ष्म लोकहरूको उच्च-स्तरको कष्टदायक शक्तिहरू यो सूक्ष्म कालो शक्ति प्राप्त गर्न विभिन्न प्रकारका सूक्ष्म प्रयासहरू गर्छन् । यी शक्तिशाली कष्टदायक शक्तिहरू आफ्नै तरिकाले सूक्ष्म अभ्यासहरू गर्दछन् जस्तै ध्यान, राक्षसी यज्ञ, तपस्या, इत्यादि जसबाट उनीहरूले शक्ति प्राप्त गर्दछन् ।
प्राय: शक्तिशाली अनिष्ट शक्तिहरू जस्तै सूक्ष्म स्तरीय मान्त्रिक आफ्नो कार्य गर्नको लागि निम्न स्तरको अनिष्ट शक्तिलाई कालो शक्ति प्रदान गर्दछ । त्यही समय न्यून स्तरको अनिष्ट शक्ति उनको आज्ञा मानेर मान्त्रिकलाई प्रसन्न गर्ने कोसिस गर्दछन् ताकि उनीहरू उच्च-स्तरको अनिष्ट शक्तिको ऊर्जाको भण्डारमा पुग्न सकोस् ।
कुनै पनि कष्टदायक शक्तिको लागि, उनले आफ्नो कालो शक्तिको उपयोग कति मात्रामा गर्न सक्छ, त्यसले उसको सूक्ष्म बल निर्धारित गर्दछ । सबैभन्दा शक्तिशाली अनिष्ट शक्तिको लागि लगभग असीमित शक्ति हुन्छ र उनीहरूले कालो शक्तिको विशाल भण्डार प्रयोग गरेर समाजको धेरै वर्गहरूलाई असर गर्न सक्छन् । उदाहरणको लागी, पातालको तल्लो लोकहरूबाट सूक्ष्म मान्त्रिक महामारी(जस्तै कोरोनाभाइरस) तथा व्यापक स्तरमा प्राकृतिक प्रकोपहरू जस्तै भूकम्प तथा सुनामी उत्पन्न गर्न सक्छ ।
पैसा जस्तै, शक्ति/ऊर्जा आफैमा न त राम्रो हुन्छ न त खराब हुन्छ । जसरी धार्मिक र अधार्मिक माध्यमबाट पैसा कमाउन सकिन्छ र यसलाई हामी राम्रो अथवा नराम्रोको लागी प्रयोग गर्न सक्छौँ, त्यसरी नै यो सूक्ष्म शक्तिहरूमा हुन्छन् । यो जुन मार्गबाट कमाइन्छ र प्रयोग गरिन्छ यसले राम्रो या नराम्रो हुने संज्ञा दिइन्छ । जब सूक्ष्म ऊर्जा नकारात्मक उद्देश्यको लागि प्रयोग गरिन्छ, यसलाई कष्टदायक शक्ति वा कालो शक्ति भनिन्छ । यसलाई कालो शक्ति भनिन्छ किनभने यो सूक्ष्म स्तरमा कालो देखिन्छ र यसबाट हुने अनुभव नकारात्मक हुन्छ । यसको कारण हो जुन नकारात्मक तरीकाले शक्ति प्राप्त गरिन्छ तथा जुन नकारात्मक प्रयोजनको लागि यसको उपयोग गरिन्छ, यस कारण शक्तिको स्पन्दन नकारात्मक हुन जान्छ ।
नकारात्मक शक्ति या कालो शक्ति के को लागि प्रयोग गरिन्छ ?
कष्टदायक शक्तिहरू द्वारा कालो शक्तिको उपयोग अस्तित्वको सूक्ष्म लोकहरू (आध्यात्मिक आयाम) मा अथवा भौतिक क्षेत्र (पृथ्वी) मा कुनै पनि प्रक्रियाको हेरफेर गर्नको लागि प्रयोग गरिन्छ । हेरफेरको मात्रा आक्रमणकारी अनिष्ट शक्तिको बलमा निर्भर गर्दछ । अनिष्ट शक्ति कालो शक्तिको प्रयोग व्यक्तिलाई सबै स्तरहरूमा प्रभावित गर्नको लागी प्रयोग गर्न सकिन्छ ।
स्तर कष्टको उदाहरणहरू जुन सिर्जना गर्न सकिन्छ अथवा जसलाई बढाउन सकिन्छ
शारीरिक सुस्त, कमजोरी, टाउको दुख्ने र कुनै पनि प्रकारको रोग
मानसिक रिस, चिन्ता, उदासीनता र कुनै पनि प्रकारको मानसिक रोग जस्तै लत या स्किजोफ्रेनिया
आध्यात्मिक कुनै पनि प्रकारको साधना गर्न मन नलाग्ने
शरीरमा प्राण शक्तिको अवरोधको कारण व्यक्तिको लागी धेरै समस्याहरू उत्पन्न हुन्छन्
तलका चित्रहरू दुई उदाहरणहरू हुन् कसरी अनिष्ट शक्ति, आफ्नो कालो शक्तिले व्यक्तिलाई प्रभावित गर्न सक्छ ।
जब एउटा व्यक्तिको वरिपरि कालो शक्तिको आवरण व्याप्त हुन्छ त्यसलाई कालो शक्तिको आवरण भनिन्छ । तलको चित्रमा व्यक्ति भित्र र बाहिरको कालो शक्तिको आवरणलाई एक चित्रण प्रतिनिधित्व गरेर देखाइएको छ ।
विभिन्न आधा
साथै, अनिष्ट शक्ति यस कालो शक्तिको प्रयोग वातावरण या परिसरमा आध्यात्मिक रूपमा प्रदूषित गर्नको लागि गर्दछ । उच्च-स्तरको अनिष्ट शक्ति यो कालो शक्तिको प्रयोग महामारी, प्राकृतिक प्रकोप र व्यापक स्तरमा क्षति निम्त्याउन सक्छ ।
कष्टदायक शक्तिको विभिन्न प्रकारहरू के के हुन् ?
कष्टदायक शक्ति विभिन्न प्रकारका कालो शक्तिहरूको प्रयोग गर्न सक्दछ । कालो शक्ति सामान्य त्यस्ता समस्याहरू उत्पन्न गर्नको लागि उपयोग गर्न सकिन्छ जसको प्रभाव नकारात्मक हुन्छ । उदाहरणको लागी, कष्टदायक शक्ति रोग उत्पन्न गर्न सक्छ अथवा यस प्रकारको कालो शक्तिको माध्यमबाट हिंसालाई भड्काउन सक्छ ।
दोस्रो प्रकारको कष्टदायक शक्ति त्यो हो जसले मायावी स्पन्दन निर्माण गर्दछ । यो शक्तिबाट कुनै चीजलाई रमाइलो या लाभदायक देखाउन सक्ने क्षमता हुन्छ जब की वास्तवमा त्यस्तो हुँदैन । उदाहरणको लागी, कोकाकोला पेय तथा अधिकांश श्रृगार प्रसाधन यस्ता प्रकारका नकारात्मक स्पन्दन प्रक्षेपित गर्दछन् । यस्तो प्रकारको कालो शक्ति पहिलो प्रकारको कालो शक्ति भन्दा अधिक खतरनाक हुन सक्छ किनकि हानिकारक कुरालाई आकर्षक बनाउँदछ ।
तेस्रो प्रकारको कालो शक्ति त्यो हो जसले मोहिनी स्पन्दन निर्माण गर्दछ । यस प्रकारको अनिष्ट शक्तिद्वारा एउटा व्यक्तिलाई आफ्नो कब्जामा राखेर उसलाई धेरै आकर्षक र मोहक बनाउनको लागी प्रयोग गर्न सक्छ । यसले व्यक्तिको मनमा अत्यधिक यौन विचारहरूको सिर्जना गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ । उदाहरणको लागी, यी मायावी स्पन्दनहरूले व्यक्तिलाई यति आकर्षक बनाउन सक्छ कि उसलाई प्रसिद्ध अभिनेता/अभिनेत्री बनाई दिन्छ, परिणामस्वरूप समाजलाई व्यापक स्तरमा नकारात्मक तरिकाले असर गर्दछ ।
कष्टदायक शक्तिसँग सम्बन्धित याद गर्न केही मुख्य बुँदाहरू
कष्टदायक शक्ति भौतिक जगतलाई प्रभावित गर्नको लागि अनिष्ट शक्तिद्वारा प्रयोग गरिने एक शक्तिशाली साधन हो । यसको प्रभावबाट जोगिने उत्तम तरीका भनेको नियमित आध्यात्मिक अभ्यास (साधना) गर्नु र आध्यात्मिक उपचारहरु नियमित रूपमा लागू गर्नु हो । यस्तो गर्दा, व्यक्तिलाई ईश्वरको सुरक्षा प्राप्त हुन्छ |
जसरी विभिन्न प्रकारका कष्टदायक शक्तिहरू हुन्छन्, त्यसै गरी विभिन्न प्रकारका सकारात्मक शक्तिहरू/ऊर्जाहरू हुन्छन् जसलाई हामी अर्को लेखमा समावेश गर्नेछौँ – 'सकारात्मक शक्ति के हो ?' ।