काठमाडौं । श्री सरस्वती माध्यमिक विद्यालय मेलम्ची नगरपालिका १ भोटेचौर सिन्धुपाल्चोकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमुरारी चौलागाईंले समाचारको खण्डन गरेका छन् ।
विद्यालयमा सरुवा भई आएकी शिक्षिकालाई हाजिर नगराई अभद्र व्यवहार गरेकाले प्रहरीले पक्राउ गरेको भन्ने समाचारको उनले खण्डन गर्दै आफूले त्यस्तो कुनै गतिविधि नगरेको र पक्राउ पनि नपरेको भनी खण्डन गरेका हुन् ।
अध्यक्ष चौलागाईंले उक्त समाचारले आफूलाई दुःखी बनाएको बताउँदै समायोजन पत्रसहित विद्यालयमा हाजिर हुन आएकी शिक्षिका सरस्वती चौलागाईलाई अभद्र व्यवहार गरिएको भनिएकामा कुनै सत्यता नरहेको बताएका छन् ।
त्यस्तै उनले शिक्षिकाले दिएको निवेदनको आधारमा प्रहरीले पक्राउ नगरेको पनि स्पष्ट पारेका छन् ।
यस्तो छ उनको खण्डन पत्र––