काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले अमेरिकी प्रतिस्पर्धाको सामना गर्नुपर्ने बताएका छन् ।
सीबीएस न्युजसँग बोल्दै राष्ट्रपति बाइडेनले ह्वाइट हाउस प्रवेश गरेपछि चिनियाँ राष्ट्रपति सँग कुराकानी नभएको बताएका छन् । त्यस्तै उनले चीनविरुद्ध ट्रम्पको भन्दा नरम तरिकाले कदम चाल्ने बताएका छन् ।
यद्यपि चीनले चरमरुपमा अमेरिकी प्रतिस्पर्धाको सामना गर्नुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन्, 'मैले भनिसकेको छु कि हामीबिच द्वन्द्व हुँदैन, तर कठिन प्रतिस्पर्धा हुनेछ र ट्रम्पको तरिकाले हामी प्रतिस्पर्धा गर्ने छैन, अन्तर्राष्ट्रिय कानुन अनुसार अघि बढ्ने छौँ ।'
बराक ओबामा प्रशासनमा उपराष्ट्रपति रहेका बेला बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लामो समय बिताएको बताइन्छ । बाइडेनले भनेका छन्, 'चिनियाँ लिडर धेरै राम्रा मान्छे हुन्, तर, उनको शरीरमा डेमोक्रेटको डी पनि छैन।'
बाइडेन प्रशासनले मानवअधिकार उल्लङ्घनका घटनाहरूमाथि चीनविरुद्ध कडा रहने बताएको छ । चीनसँगको सम्बन्धका विषयमा माथि भने झैँ बाइडेनले कडा तर, नरम शैलीमा कदम चाल्ने देखिन्छ ।