arrow

खाना पकाउने ग्यासमा २५ रुपैयाँ बढ्यो, पेट्रोल, डिजेल र मट्टितेलमा दुई रुपैयाँ 

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।
     
निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ,  डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । 

निगमले खाना पकाउने ग्यासमा लामो समयपछि मूल्यवृद्धि गरेको हो । 

निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ । 

निगमले दैनिक साढे ६ करोड बराबरको नोक्सानी हुँदै आएको भन्दै पेट्रोलियम पदार्थको भाउ बढाउनु पर्ने बताउँदै आएको थियो । 



लोकप्रिय समाचार
नयाँ