भागिरथी हत्याको तीव्र छानविन गर्न गृहमन्त्रीलाई कांग्रेस नेता लेखकले गराए ध्यानाकर्षण
प्रकाशित २०७७ माघ २९ बिहिबार
433
Shares
काठमाडौं। बैतडीको दोगडाकेदारमा बलात्कार पछि हत्या गरिएकी १७ वर्षिया किशोरी भागिरथी भट्टको हत्या सम्बन्धमा स्थलगत भ्रमण गरि घटनाबारे जानकारी लिन नेपाली कांग्रेसको केन्द्रीय प्रतिनिधिको रुपमा बैतडी खटाइएका केन्द्रीय सदस्य रमेश लेखकले गृहमन्त्री राम बहादुर थापासँग भेट गरेका छन्।
घटनास्थल जानुभन्दा अगाडि घटनाको अनुसन्धान प्रकृयालाई तिब्र बनाइ सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी कठघरामा ल्याई कारवाहीको लागि ध्यानाकर्षण गराउन लेखले गृहमन्त्री थापासँग भेट गरेका हुन्। भेटमा कांग्रेस नेता लेखकले तत्काल घटनास्थलमा मन्त्रालयको उच्चस्तरीय टोली खटाउन माग गरेका छन्। नेता लेखकले अहिलेसम्म पनि शव आफन्तले नबुझेको र घटना घटेको निकै दिन भए पनि दोषी पत्ता लगाउन नसकेको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
जवाफमा गृह मन्त्री थापाले घटना सम्बन्धमा अनुसन्धानलाई तिब्रता दिइएको र छिट्टै अपराधी पत्ता लगाउनुका साथै छानविनको लागि गृह मन्त्रालयको उच्च्स्तरीय टोली घटनास्थल पठाउने प्रतिबद्धता जनाएका नेता लेखकका स्वकिय सचिव जनक भट्टले जानकारी दिए।
भेटमा नेपाली कांग्रेस बैतडीका पुर्व पार्टी सभापति शिबराज भट्ट, पाटन नगरपालिका नगर प्रमुख केशब बहादुर चन्द, महासमिति सदस्य उत्तर बहादुर ऐर, महाधिवेशन प्रतिनिधि दिनेश भट्ट लगायत सहभागि थिए।