काठमाडौँ । नेकपा नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । प्रहरीले भर्खरै नेतृ झाँक्रीलाई रिहा गरेको हो । रिहा भएपछि झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेर आफूलाई रिहा गरेको प्रतिक्रिया दिइन् ।
प्रहरीले उनलाई बिहीबार दिउसो शंखमुलस्थित निवासबाट राज्य विरुद्धको कसुर लगाउँदै पक्राउ गरेको थियो ।
नेतृ झाँक्रीले अब प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने बताइन् । उनलाई श्रीमान पशुपति पुरीको रोहवरमा छाडिएको प्रहरीले जनाएको छ ।