चेल्सी एफए कपको क्वार्टरफाईनलमा, लेस्टर र म्यानचेस्टर युनाईटेड भिड्ने
प्रकाशित २०७७ माघ ३० शुक्रबार
91
Shares
काठमाडौं। ईङल्याण्डमा जारी एफए कप फुटबलको पाँचौ चरणका खेलमा साउथ्याम्पटन र चेल्सी क्वार्टरफाईनलमा प्रवेश गरेका छन्। यसअघि म्यान्चेस्टर सिटी, लेस्टर सिटी र शेफिल्ड युनाइटेड पनि एभर्टन क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
साउथ्याम्पटनले चल्भरह।यामपटन वानडरर्स (वुल्भ्स) लाई २-० गोलले पराजित गरेको थियो। ड्यानी ईंग्स र स्टुआर्ट आर्मस्ट्रङले गोल गरेका थिए।
त्यसैगरि अर्को खेलमा चेल्सीले वार्न्स्लेलाई १-० गोलले पराजित गरेको हो। चेल्सीका लागि ट्यामी अब्राहामले गोल गरेका थिए। यसैगरि एफए कपका पाँचौ चरणका खेलहरू सकिएका छन्।
को-को भिड्छन क्वार्टरफाईनल?
क्वार्टरफाईनलका खेलहरू २० मार्च २०२१मा खेलिनेछन्। खेलहरू यस प्रकार रहेका छन्।