जनकपुर । जनकपुरधाममा महिला हस्तकला मेला र प्रदर्शनी हुने भएको छ । महिलाहरूबाट उत्पादित हस्तकला वस्तुको आन्तरिक बजार विकासको साथै अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनको निमित्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा दुई दिवसीय हुने शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
२०७७ फागुन २ गते देखी ४ सम्म जनकपुरधामको गोपाल धर्मशालामा हुने भएको हो । प्रदेश नम्बर २ को ८ वटै जिल्लाका महिलाहरूबाट उत्पादित मिथिला आर्ट,माटाका भाँडा, लाहाका गरगहनाहरू,बाँसबाट बनाएको सामग्री,प्राकृतिक रेसाका बस्तु, चाँदीका गरगहना,फेल्टजन्य वस्तु, पस्मिना, उनी तथा सुर्तीजन्य वस्तु, हाते कागजजन्य वस्तु लगायतका प्रदर्शनीमा राख्ने बताइएको छ । मेलामा जम्मा ५० वटा स्टाँलहरु रहने छ ।
स्थानीय कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन, महिला उद्यमी व्यवसायीहरूलाई बजारमा पहुँचको अवसर, उद्योग व्यवसाय गर्न प्रेरित गर्ने, विपन्न वर्गका महिला उद्यमीहरू र तिनका परिवारहरूलाई लघु, घरेलु हस्तकला उद्योग प्रति आकर्षित गर्नु लगायत मेलाको उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिए।
मेलामा झन्डै २५ हजार आगन्तुक आउने अनुमान गरिएका हो।मेलाको समुद्घाटन र समापन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले गर्नेछिन् ।