मोरङ । प्रथम प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमी फाइनलमा झरना युवा क्लब प्रवेश गरेको छ । मोरङको बिरा चोकमा जारी प्रथम प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङ लाई सड एन्ड डेट मा ७ - ८ गोल ले पराजित गर्दै आयोजक झरना युवा क्लब सेमी फाइनलमा प्रवेश गरेको हो ।
आयोजक झरना युवा क्लब र लेटाङ फुटबल क्लबले १-१ गोल गरेर बराबरी बनाएपछि सड एन्ड डेटमा खेल गएको थियो ।
खेलको म्यान अफ द म्याच झरना युवा क्लबका पूर्ण चेम्जोङ घोषित भए ।मङ्गलवार हुने चौथो क्वाटर फाइनल खेल धरान सिटी फुटबल एकेडेमी सुनसरी र डाँगीहाट फुटबल क्लब मोरङ बिच हुनेछ ।