जनकपुरधाम। प्रदेश २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले समाज शिक्षित र विकसित बनाउन शिक्षामा प्रदेशको विशेष ध्यान रहेको बताएका छन्।
मङ्गलवार सरस्वती पुजाको अवसरमा सप्तरी को हनुमान नगर कंकालिनी नगरपालिका वडा नम्बर १ भगवानपुर ईनर्वामा श्री रा. प्राविको उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका छन् ।
सरस्वती पुजाको अवसरमा मन्त्री साहले उक्त भवन उद्घाटन गर्दै भने हामी जनता को माग अनुसार काम गर्दै आएका छौ। समाज शिक्षित र विकसित बनाउन शिक्षामा प्रदेशको विशेष ध्यान रहेको मन्त्री साहले जानकारी गराए । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ८६ जना विद्यार्थी रहेका छन्।