काठमाडौँ। नेपालमा निशान गाडीका आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले फाल्गुन १० (९ फेब्रुअरी) २२) गते निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाईटको मूल्य सार्वजनिक गर्ने भएको छ। नयाँ म्यागनाईट गाडी देशभरका सोरुमहरुमा उपलब्ध गराइने हुँदा ग्राहकहरूले 'जापानमा इन्जिनियर गरिएको, भारतबाट प्रेरित' एसयुभी गाडिएको अनुभूति लिन पाउने छन्।
पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाका अनुसार नयाँ (निशान म्याग्नाइटको लन्च निशान गाडीको नेपाल बजार र हाम्रा मूल्यवान् ग्राहकहरू प्रति प्रतिबद्धताको प्रतीक हो। बिग, बोल्ड, आकर्षक र क्यारीस्म्याटिक एसयुभी विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समय देखी प्रतीक्षारत ग्राहकहरूका लागि अन्य थुप्रै अफरहरूका साथ आउने कम्पनीले जनाएको छ।
निशानले आफ्नो उत्पादकत्वको विकास गर्दै "मेक इन इन्डिया, मेक फर द वर्ल्ड" एसयूभीलाई विश्वभरि नै आरम्भ गरिरहेको छ र त्यसो गर्ने पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भयको छ। २०२० एक महत्त्वपूर्ण वर्षको रूपमा लिइएकाले, भारतको बजारमा प्राप्त प्रतिक्रिया र सफलतालाई नेपाली बजारमा पनि दोहोर्याउने निशानको उद्देश्य तथा चाहना रहेको छ।
“नयाँ निशान म्याग्नाइट "निसान नेक्स्ट" रणनीतिको लागि महत्त्वपूर्ण हुनेछ। निशान मोटर इन्डियाका अध्यक्ष तथा दक्षिण एसिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार नयाँ निशान म्याग्नाइट विश्व बजारको लागि भारतमा निर्मित गाडी हो।
नेपाल बजारलाई सधैँ उच्च प्राथमिकतामा राखेका छौँ, हाम्रो लागि नयाँ निशान म्याग्नाइट पहिलो उत्पादन हो जुन निशानको नेपालको बजार वृद्धिको लागि दिगो साझेदार हुने छ। यो भारत पछि निशान म्याग्नाइट लन्च गरिएको पहिलो अन्तर्राष्ट्रिय बजार हो।