काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध अनेरस्ववियुका विद्यार्थीले प्रदर्शन गरेका छन् ।
विहीबार विहान काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि विद्यार्थीहरुले सडकमा टायर बालेर विरोध जनाएका हुन् ।
सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेपछि विद्यार्थीहरुले सरकारी कदमको विरोध गरेको जनाएका छन् ।
गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेकोथियो ।