मुगु। एक नगरपालिका र तिन गाउँपालिका रहेको हिमाली जिल्ला मुगुमा रहेको एक गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाएर सोही पालिका भवनबाट प्रदान हुने सेवा सुविधा दिन सुरु गरेको छ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको विकट हिमाली गाउँपालिका मुगुम कार्मारोङ्ग गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निमार्ण सम्पन्न गरेर शनिवारबाट सेवा सुरु गरेको हो। जिल्लाका अन्य ३ स्थानीय सरकारहरू पालिका केन्द्रहरूमा भाडामा घर लिएर चलिरहेका बेला यो गाउँपालिकाले भने आफ्नै भवन बनाएर सेवा समेत दिन सुरु गरेको छ।
भवन निमार्ण गर्नको लागी गत बर्षको गाउँसभाबाट ८१ लाख बजेट विनियोजन गरिएको थियो। ८१ लाख रुपैयाँ मुगमकामारोङ्ग गाउँपालिकाको र १८ लाख जनसर्वदान गरी कुल ९९ लाखमा १ तालिम हल र २३ वटा गाउँपालिका भित्र रहेका विषय गत शाखाका कार्यालय सञ्चालन, अथितीगृह, सहितको सेवा रहर्ने गरी गाउँपालिकाको वडा नं ५ पुलु बगरमा मुगु जिल्लामा रहेको अन्य स्थानीय तहहरू मध्य पहिलो स्थानीय तहहरूको रूपमा भवन निमार्ण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठयताले जानकारी गराए।
भवनसँगै गाउँपालिकाबाट प्रवाह भइरहेका हुने गतिविधि तथा क्रियाकलापको जानकारी सर्वसाधारणले सहजै पाउन भनेर डिजिटल सूचना पाटी राखिएको र कर्मचारी नियमित उपस्थितिको लागी औँठा छाप सहितको ईलेक्टोनिक हाजिरी प्रयोगमा ल्याउन लागेको पनि प्रमुख कठयताले बताए।
गाउँपालिका भित्र रहेका ९ वटा वडाहरूका आफ्नै वडा कार्यालयहरू गत वर्षहरूमा नै निमार्ण गरी सकेका थियौँ, गाउँपालिकाको भवन निमार्ण मात्र बाँकी रहेको थियो त्यो पनि यो वर्ष निमार्ण सम्पन्न गरेका छौँ, गाउँपालिका भित्र रहेका विभिन्न विषयगत शाखा र अन्य कार्यालय सञ्चालनको लागी बर्सेनि लाखौँ भाडा तिरेर सकिन्थ्यो विगत ३ वर्ष सम्म कार्यालय सञ्चालन निकै दुख्न गरी सञ्चालन गरियो अव पालिकाको सेवा सुविधा सहितको कार्यालय भवन निमार्ण सम्पन्न भई गत शनिवार गाउँपालिकाले आफ्नो सातौँ हिउँदे गाउँ सभाबाट भवनको उद्घाटन गरी कार्यालय सञ्चालन सुरु गरेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्टेने लामाले बताए।
अन्य पालिकाले पनि आफ्नै प्रशासनिक भवन बनाउँदै
जिल्लाका सबै स्थानीय सरकारहरूले आफ्नै प्रशासनिक भवन बनाउनका लागी प्रक्रियामा रहे पनि मुगुम कार्मारोङ्गले सबै भन्दा पहिला भवन निमार्ण सम्पन्न गरी सेवा दिन समेत सुरु गरिरहँदा जिल्लाका अन्य ३ स्थानीय तहको आफ्नै प्रशासनिक भवन बनाउने प्रक्रिया मै छन्।
जिल्लाको पश्चिममा रहेको खत्याड गाउँपालिकाले रामतडी बजारमा गाउँपालिकाको केन्द्र तोकी कार्यालय भवन बनाउँदै छ भने जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारसँगै जोडिएको कैल्यावाडा भन्ने स्थानमा ४१४९.१९ वर्ग मिटर जग्गा अधिकरण गरी मुआब्जा वितरणका लागी गत २ गते जिल्ला प्रशासन कार्यालय मुगु मार्फत सूचना प्रकाशित गरिसकेको छ।
नगर प्रमुख हरिजंग शाही भन्छन् भवन निमार्णका लागी ठेक्का खुलेर निमार्ण कम्पनी सँग सम्झौता हुन मात्र बाकी छ जग्गाधनी हरू लाई मुआब्जा वितरण गरिसकेपछि प्रशासनिक भवन निमार्ण कार्य सुरु हुनेछ, ढिलोमा नगरपालिकाको भवन आगामी वर्षको वैशाख सम्म निमार्ण सम्पन्न भई सेवा दिन सुरु हुने विश्वास लिएका छौ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको सोरु गाउँपालिकाले सोरुकोटबाट कार्यालय सञ्चालन गरिएको भए पनि अझै गाउँपालिकाको केन्द्र तोक्न सकिरहेको छैन। प्रशासनिक भवन निमार्णको लागी पहल गरी रहेको भए पनि पालिकाको केन्द्र यकिन भैनसक्दा भवन निमार्ण बारे अल्यौल रहेको छ।