कञ्चनपुर । प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको बेतकोट नगरपालिका स्थित दैजीको छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका प्रधानमन्त्री ओली सामु प्रदर्शन गर्दै गरेकी महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ। निर्मलाको हत्यारा खोइ ? निर्मलालाई न्याय दे लेखिएको टिसर्ट २ जनाले लगाएको र ४ जनाले टिसर्ट नलगाएको अवस्थामा नियन्त्रण लिएको प्रहरीले जनाएको छ।