काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले पदबाट राजीनामा नदिएको प्रष्ट पारेका छन् ।
मंगलबार विहानैबाट केही संचार माध्यमहरुमा राजीनामाको हल्ला आएको भन्दै उनले आफूले राजीनामा नदिएको र दिनुपर्ने अवस्थासमेत नरहेको भन्दै हल्लाको पछि नलाग्न भनेका हुन् ।
‘मैले राजीनामा दिएको होइन, दिनु पर्ने परिस्थिति पनि छैन, सोच पनि बनाएको छैन,’ महान्यायाधिवक्ता खरेलले भने ।
महान्यायाधिवक्ता कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमासमेत राजीनामाको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै झुटा समाचारका पछि नलाग्न भनिएको छ ।