arrow

लक्ष्मी बैङ्कको १२७औँ शाखा महोत्तरीको सरपल्लोमा

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
laxmi-bank-sarpallo.jpg

काठमाडौँ। लक्ष्मी बैङ्कले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२७औँ शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा सञ्चालनमा ल्याएको छ। यो शाखा मार्फत बैङ्कले ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैङ्किङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैङ्कको सञ्जाल ४८ जिल्लामा १२७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखा रहित  बैङ्किङ एजेन्टहरू पुगेको छ।

यो शाखाको साथ लक्ष्मी बैङ्कले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघु वित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पुरा गर्न बैङ्कले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ।

यो शाखाको विस्तार सँगै बैङ्कले ग्राहकहरूलाई उनीहरूकै रोजाई को माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैङ्किङ र मोबाइल फोन मार्फत बैङ्किङ सेवाप्रादन गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।



लोकप्रिय समाचार
नयाँ