पुटिनका कटु आलोचक नभाल्नीलाई पूर्व भ्लादिमिर क्षेत्रको जेलमा सारिँदै
एएफपी,
प्रकाशित २०७७ फागुन १६ आइतबार
253
Shares
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा सारिएको रूसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले आइतबार जनाएको छ ।
रूसी प्रशासनिक केन्द्र क्रेमलिनको प्रभाबशाली विपक्षी नेता नाभाल्नीलाई जर्मनीबाट करिब पाँच महिनाको उपचारपछि स्वदेश फर्किएपछि राज्यसँग उनले गरेको प्रतिवद्धतालाई उल्लङ्घन गरेको अभियोगमा रूसी अदालतबाट यसै महिना २.५ वर्षको जेल सजाय तोकिएको थियो ।
धेरै दिनसम्म नाभाल्नीका आफन्त तथा शुभचिन्तकलाई समेत उनलाई कहाँ राखिएको भन्ने जानकारी क्रेमलिनले गराएको थिएन । फेडरल जेल सर्भिसका प्रमुखले भने, “शुक्रवारका नाभाल्नीलाई मस्कोको एक जेलबाट ‘पेनल कालोनी’मा सारिएको छ ।” यद्यपि उनले नाभाल्नीबारे अन्य विवरणहरू उपलब्ध गराएनन् ।
नेल्भनीको सम्भावित स्थानको बारे साताको अन्त्यमा स्थानीय मिडियामा अज्ञात स्रोतका आधारमा रिपोर्टहरू प्रसारित गरिएको थियो। यसभन्दा अघि मस्कोको सार्वजनिक आयोगले आइतबार विज्ञप्तिमा भन्यो कि विपक्षी व्यक्तित्व भ्लादिमीर क्षेत्रको एक संघीय जेल सेवा संस्थामा छ।
“हामीलाई प्राप्त सूचना अनुसार नाभाल्नीलाई जेल सजाय भुत्तानीका लागि भ्लादिमिर क्षेत्रमा ल्याइएको छ,” आयोगका सदस्य अलेक्सी मेल्निकोभले इन्फेफ्र्याक्स समाचार संस्थालाई भने । “नाभाल्नीलाई केही दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि ‘पेनल कालोनी’मा सारिनेछ,” मेल्निकोभले भने ।
नाभाल्नी मस्कोका लागि उडेको एक आन्तरिक उडानमा रहेका समय जटिल विरामी परेपछि जर्मनी लगिएको थियो । जर्मनीमा गरिएको परीक्षणमा उनलाई सोभियतकालीन बिषाक्त पदार्थ दिइएको दावी गरिएको थियो । जर्मनीमा उपचार र करिब पाँच महिना बसाईपछि उन गत महिना स्वदेश फर्किएका थिए ।
नाभाल्नीले आफूलाई उक्त घातक बिषाक्त सेवन गराउनुमा राष्ट्रपतिको सम्लग्नता रहेको दावी गर्दै आएका छन् भने क्रेमलिनले दावीलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।