arrow

सलमानमाथि प्रतिबन्ध नलगाउँदा बाइडेन आलोचित

खसोग्गी हत्यामा संलग्न भनिएका अरूमाथि प्रतिबन्ध लगाइएको छ तर, एमबीएसमाथि छैन

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
mohammad-salman.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले साउदी साउदी राजकुमार मोहम्मद बिन सलमान (एमबीएस)माथि प्रतिबन्ध नलगाउने निर्णयको बचाउ गरेको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रिय खुफिया निर्देशनालयले पत्रकार जमल खसोग्गीको हत्या अपरेसनमा साउदी राजकुमार सलमानको संलग्नता रहेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

उक्त रिपोर्ट सार्वजनिक भएपछि फेब्रुअरी २६ मा अमेरिकी विदेश विभागले ७६ साउदी अधिकारीहरूमाथि आर्थिक र भ्रमण प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धित साउदी अधिकारीको सुचीमा पत्रकार खसोग्गीको हत्यामा संलग्न भएकाहरू पनि राखिएका छ तर, राजकुमार सलमानको नाम भने छैन ।

राजकुमार सलमानमाथि प्रतिबन्ध नलगाउने निर्णयको बचाउ गर्दै सोमबार अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले, 'हामी साउदी र अमेरिकी सम्बन्ध सही चरणमा राख्न काम गरिरहेको' बताएका छन् ।

,यदि बाइडेन प्रशासनले एमबीएसमाथि प्रतिबन्धका नाममा केही बढी र कठोर कदम चालेको भए यसले रियाद (साउदीको राजधानी)मा अमेरिकी प्रभावको ह्रास गर्ने थियो', उनले भने ।

एमबीएसमाथि प्रतिबन्ध नलगाउने बाइडेन प्रशासनको वासिङ्टन पोस्टका प्रकाशकले कडा आलोचना गरेका छन् । बाइडेन प्रशासनले खसोग्गी हत्याको विषयमा साउदीले मूल्य तिर्ने भन्दै गरेको वाचा भंग गरेको आरोप समेत उनले लगाएका छन् ।



लोकप्रिय समाचार
नयाँ