काठमाडौँ । नेकपा आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
अदालतको सो फैसलापछि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक डाकेका हुन् । बैठक साँझमा बस्ने गरी प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा पार्टी एकतापछिका सबै सांसदहरूलाई बोलाइएको उनले जनाएका हुन् ।