arrow

५० बर्षपछि दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्रले जवाफ फर्काए : ‘आइ डन्ट नो हिन्दी’

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
Gyandra.jpg

काठमाडौं । केही सातादेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले दार्जिलिङ भ्रमण गरेका छन् ।

झापाबाट गाडीमा काँकडभिट्टा र सिलिगुढी हुँदै उनी उनी आफूले शिक्षा हासिल गरेको दार्जिलिङ पुगेका हुन् ।

नितान्त पारिवारिक भ्रमणमा निस्किएका पूर्वराजाले आफू ५० बर्षपछि दार्जिलिङ आएको बताएका छन् ।

भ्रमणको उद्देश्यबारे उनलाई संचारकर्मीहरुले हिन्दीमा प्रश्न सोधेपछि ‘आइ डन्ट नो हिन्दी’(म हिन्दी जान्दिन) भन्दै नेपालीमा जवाफ फर्काएका थिए ।

त्यसक्रममा उनले दार्जिलिङ भ्रमणको उद्देश्य शुभकामना दिन र छुट्टी मनाउनका लागि आएको प्रतिक्रिया दिएको एउटा भिडियो क्लिप्स सामाजिक संजालमा निकै भाइरल बनेको छ ।

पैदल यात्राका क्रममा उनलाई स्थानीय सञ्चारकर्मीले पटक पटक दार्जिलिङ भ्रमणको उद्देश्य सोधेका थिए ।

गत वर्ष सिक्किमलगायत क्षेत्र भ्रमण गरेका पूर्वराजा ज्ञानेन्द्र र आफ्ना दाजु वीरेन्द्रले सन् १९६५ तिर दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा अध्ययन गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ