नयाँ विशेषतासहित हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस नेपालमा
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन २५ मंगलबार
521
Shares
काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक गरेको छ । अघिल्लो वर्ष सार्वजनिक भएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ ।
इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिने कम्पनीले जनाएको छ । सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिङ अनुभव गर्न पाइने कम्पनीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू हुन्डाई भेन्यू १.२ एस प्लसमा रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लस्टर, ड्राइभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता नयाँ विशेषतासमेत थपिँदा सुरक्षित यात्रालाई बल पुर्याएकोे कम्पनीले जनाएको छ ।
हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू हुन्डाई भेन्यू १.२ एस प्लसमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर एसी भेन्ट लगायतका थप विशेषतासमेत रहेको छ ।
यी गाडीहरुको शुरुआती मूल्य हुन्डाई भेन्यू १.२ एस प्लस को ४४ लाख ५६ हजार र हुन्डाई भेन्यू आईएमटीको ४४ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
हुण्डाई मोटरको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ ।