झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर मंगलवार बिहान ११ बजे एमालेको बोर्ड राखिएको हो ।
सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो ।
आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने नेकपा एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले बताए ।