काठमाडौँ। डिसहोमले आफ्ना ग्राहकहरूलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा ( डिसहोम गो) अन्तर्गत ७० वटा च्यानल हेर्न सकिने गरी सेवा विस्तार गरेको छ। डिसहोम गोमा थप ५० च्यानल थपिएका छन्। उक्त सुविधा सुरु हुँदा २० च्यानल हेर्न सकिन्थ्यो।
कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत मोबाइल मै टेलिभिजन हेर्न सक्ने गरी केही समयअघि डिसहोम गो मोबाइल एप सञ्चालनमा ल्याएको थियो।
यो सँगै डिसहोम गो एपले ‘भिडियो अन डिमान्ड’ सेवाको पनि थालनी गरेको छ। जसमा ग्राहकले चाहेको समयमा अङ्ग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सट फिल्म हेर्न सक्नेछन्।
डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरूलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो।
कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन। डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आइडी प्रयोग गरी निःशुल्क रूपमा यो सेवा प्रयोग गर्न पाउने छन्।
डिसहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटै डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन्।