बर्दियामा बाघको आक्रमण बढ्दै,फेरि अर्की महिलाको मृत्यु
प्रकाशित २०७७ फागुन २६ बुधबार
107
Shares
नेपालगन्ज। बाघको आक्रमणमा फेरि बर्दियामा एक जनाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका अनुसार घाँस काट्न गएकी मधुवन ३ मा बस्ने २७ वर्षीया रिमा भनिने रेनुका सुनारलाई बुधबार दिउँसो १ बजेर ५० मिनेटमा बाघले झम्टेर लगेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । उनिसगै घाँस काट्न गएका अरु ६ जना महिलाले भागेर ज्यान जोगाएका थिए।
सशस्त्र प्रहरीका अनुसार ती महिलालाई बर्दियामा रहेको नेपाल भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गरेर लगेको थियो।
सुनारलाई बाघले लगेपछि अन्य महिलाले सिमामा रहेका सशस्त्र प्रहरीलाई खबर गरेका थिए। सशस्त्र प्रहरीले महिलालाई खोज्ने क्रममा उनको शब दश गजामा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।