arrow

युरेनियमसहित चारजना पक्राउ

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
raw-uranium.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिका टुसाल–६ बौद्धबाट दुई किलो ५०० ग्राम युरेनियमसहित चारजना पक्राउ परेका छन्। बिहीबार पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

निषेधित पदार्थ युरेनियमसहित रामेछाप लिखु तामाकोसी–५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोसी–४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी आजै महानगरीय प्रहरी परिसरको हिरासतमा पठाइएको छ।

अभियुक्त हरू उपर थप अनुसन्धान एवं कारबाही उक्त परिसरले गर्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
नयाँ