ओली-नेपाल बैठक: पदाधिकारी खारेजको निर्णय फिर्ता गर्नु पर्ने नेपाल पक्षको अडान
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत २ सोमबार
84
Shares
काठमाडौं। नेकपा एमालेका दुई समूहबीचको छलफलमा असन्तुष्ट रहँदै आएका माधव नेपाल पक्षले आफ्ना अडान राखेको छ । बैठकमा सहभागी नेता रघुजी पन्तले बैठकमा आफ्ना अडान राखिएको र बैठक सकारात्मक भएको जानकारी दिए ।
उनले पदाधिकारी खारेज गर्ने र प्रदेश इन्चार्ज परिवर्तनको निर्णय फिर्ता हुनु पर्ने अडान राखिएको जानकारी दिएका हुन् ।‘हामीले हाम्रो अडान राख्यौं, बैठक सकारात्मक भएको छ, थप छलफल फेरी हुन्छ,’ बैठकबाट बाहिरिदैं नेता पन्तले संचारकर्मीहरुसँग भने ।
एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा एमाले अध्यक्ष केपी ओली, नेता माधव नेपालसहितका नेताहरू सहभागी थिए । बैठकमा नेता झलनाथ खनाललाई भने बोलाइएको थिएन ।