काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताएका छन् ।
उनले मंगलवार शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पुर्याएको योगदानलाई स्मरणसमेत गरेका छन् ।
माक्र्सवादको गहिरो अध्ययन गरेका प्रा श्रेष्ठ विसं २०१४ मा काठमाडौँ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत थिए । प्राध्यापन पेशामा लामो समय बिताएका श्रेष्ठले वामपन्थी आन्दोलन लागेकै कारण जागिर गुमाएका थिए । मिर्गौला र मुटु रोगबाट पीडित उनको ८९ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।