चीनले हङकङ, तिब्बत र सिन्जियाङमा दमन गरेको भन्दै क्यानडामा प्रदर्शन
प्रकाशित २०७७ चैत १३ शुक्रबार
110
Shares
क्यानडा। चीनले हङकङ, तिब्बत, सिन्जियाङमा दमन गरेको भन्दै भ्यानकुभरमा विरोध प्रदर्शन गरेका छन्। विभिन्न सङ्घसंस्था हरूसँग आबद्ध रहेकाहरूले भ्यानकुभर स्थित चिनियाँ वाणिज्य दूतावासबाहिर विरोध प्रदर्शन गरेका हुन्।
चीन विरुद्धको उक्त प्रदर्शन दिउँसो २ बजेदेखि जार बजेसम्म गरिएको थियो। प्रदर्शनकारी हरूले चीन विरोधी नारा लगाएका थिए। क्यानडास्थित दक्षिण एसियाका आप्रवासीहरू पनि उनीहरूको विरोधमा थिए।
प्रदर्शनकारीहरूले "हङकङका लागि कम्युनिस्ट चीनको असंवैधानिक राष्ट्रिय सुरक्षा कानुन" र "बेइजिङ लाइड, पीपल डाइड" र "सर्वसत्तावादलाई नकार्नुहोस्" लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले 'फ्री हङकङ, फ्री उइगर्स' लगायतको प्लेकार्डहरू पनि बोकेका थिए।