जिपी फाउन्डेसन अमेरिकाद्वारा कोभिड-१९ विरूद्ध भ्याक्सिनको व्यवस्था
प्रकाशित २०७७ चैत १९ बिहिबार
108
Shares
काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेशन(जिपी फाउन्डेसन)अमेरिका च्याप्टरको सक्रियतामा न्यूयोर्क र आसपासका नेपाली लगायतका ईच्छुकहरुलाई कोभिड–१९ विरूद्ध भ्याक्सिनको व्यवस्था गरेको छ ।
अमेरिका च्याप्टरका संयोजक सोमनाथ घिमिरेका अनुसार भ्याक्सिनका लागि रजिस्ट्रेसन फारम भरी योग्यताका आधारमा क्वीन्स अस्पतालमा कोभिड–१९ को खोप लगाउने व्यवस्था गरिएको छ।
फाउन्डेसनका मातहातका विभिन्न संस्थाहरूलाई समेत सकृय गराई फाउन्डेशनाट उपलब्ध फर्म भराई समुदायबाट तथ्यांक संकलन गरेको र सोका आधारमा यही अप्रिल ३, १०,१७ र २४ तारिख शनिवारका दिन ठीक १ः०० वजेवाट साँझ ५ः०० बजेसम्म क्विन्स् अस्पताल जमैका, ८२–६८, १६४ स्ट्रीट न्यूयोर्क ११४३२ मा भ्याक्सिनको लागि आवेदन फारम भरी खोप लगाउने व्यवस्था मिलाएको उनले जानकारी दिए ।
नेपाली लगायतका वीभिन्न समुदायलाई आफ्नो पहलमा खोप लगाउन पाउँदा आफुलाई गौरव महशुस भएको फाउन्डेशनका अध्यक्ष घिमिरे बताउँछन् ।
फ़ाउन्डेसनले अन्य संघसंस्थाहरू समेतलाई साथ लिई सो खोपका लागि असक्त र सवारी साधनको आवश्यकता पर्ने व्यक्तिहरुलाई शेर्पा किदुक,घ्याल्सुम्दो सेवा संस्था वा फ़ाउन्डेसनको कार्यालय परिसरबाट निःशुल्क आवतजावतको व्यवस्था मिलाएको साथै विभिन्न स्वयंसेवक संस्था र व्यक्तिहरूलाई सहयोगको अपिल समेत गरेको छ।
खोपका लागि प्रत्येक हप्ताको वुधवार अपरान्ह २ः०० वजेसम्म फाउण्डेशनको कार्यालयमा फाराम वुझाई सक्नुपर्नेछ र सोही आधारमा अस्पतालसँग समन्वय गरी खोपको व्यवस्थापन गरिने व्यहोरा संस्थाका उपाध्यक्ष सुवर्ण लामाले वताए ।
फाउन्डेसनका अध्यक्ष घिमिरे र महासचिव छिरिगं राप्के लामाले क्वीन्स अस्पतालमै भ्रमण गरी अस्पतालका कम्युनिटी भ्याक्सिन अर्गनाईजर स्टेफान मुनरोसॅंग भेटेर २२१ वटा भ्याक्सिन दर्ता फारम बुझाउँदै मिती र समय तय गरेका थिए ।
त्यस्तै मार्च ३१ का दिन थप २०३ वटा फारम फाउण्डेसनका अध्यक्ष घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिगं राप्के लामा, कार्य समिति सदस्यद्वय प्रेम अधिकारी क्षेत्री, रामचन्द्र अधिकारीको उपस्थितीमा फारमहरु स्टेफान मुनरोलाई हस्तान्तरण गरिएको थियो । साथै शेर्पा किदुगकी अध्यक्ष छिरिगं शेर्पालाई र फिप्नाका वरिष्ठ उपाध्यक्ष पदम गुरुङ्गलाई पनि फाउण्डेसनले निमन्त्रणा गरेको थियो।
फाउण्डेसन अमेरिका च्याप्टरले समाजप्रति सेवा पुराएवापत विश्वास गरेर पुलको भूमिका निर्वाह गर्ने हेल्थ ऐण्ड हस्पीटल क्वीन्स कम्युनिटी बोर्डका प्रमुख एंव क्वीन्सकै डिस्ट्रीक डेमोक्र्याट लिडर डा. ऐन्थोनि एन्ड्र्यु जुनियरलाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।