प्रधानमन्त्री ओलीले गरे एकैसाथ १६५ वटा सडक उद्घाटन
सडकका लागि ५७ अर्ब १० करोड बजेट विनियोजन
प्रकाशित २०७७ चैत २१ शनिबार
119
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर एकै पटक १६५ वटा सडक निर्माण कार्यक्रमको उद्घाटन गरेका छन् ।
शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वीच थिचेर एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको उद्घाटन गरेका हुन् ।
यस कार्यक्रम अन्तर्गत देशभरीका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा एक सय ६५ वटा सडक निर्माण गरिने छ ।
तीन वर्षमा सडक निर्माण कार्य सम्पन्न गर्ने सडक निर्माणका लागि सरकारले ५७ अर्ब १० करोड बजेट विनियोजन गरेको छ।
निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल, र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने किसिमका रहेको जनाइएको छ ।