काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह तीर्थयात्रामा जाने भएका छन् । उनीहरु भारतको हरिद्धारमा संचालित महाकुम्भ मेला २०२१ विशेष समितिको विशेष आमन्त्रणमा सहभागी हुन जान लागेका हुन् ।
पूर्वराजारानी आगामी बिहीबार हरिद्धार जान लागेका हुन् । पूर्वराजाका संवादसचिव डा. फणिराज पाठकका अनुसार हरिद्धारमा चैत ३० गते शाही स्नान हुनेछ । हरिद्धारमा पूर्वराजाले सम्वोधनसमेत गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
पूर्वराजारानी तीनदेखि चार दिन राजधानी नयाँदिल्लीमा बस्ने कार्यक्रमसमेत तय भएको छ ।
नयाँदिल्लीमा रहँदा केही राजनीतिक भेट हुन सक्ने सम्भावना रहेको छ । पूर्वराजाको फर्कने समय तय भइनसकेको भए पनि बैशाख ४ वा ५ गते फर्कन सक्ने स्रोतको दाबी छ ।