बेलायतमा आगामी सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने
रासस-सिन्ह्वा
प्रकाशित २०७७ चैत २४ मंगलबार
113
Shares
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताएका छन् । उनले भने – 'आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ ।'
उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटेल, रेष्टुरेन्ट, पब र बारहरू खुल्ने भएका छन् । त्यसै गरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरू र सामुदायिक केन्द्रहरू पनि खुला गरिने भएको छ ।
आगामी सोमबारदेखि आवश्यकताका अरू कार्यालयहरू र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका छन्।
बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको सङ्क्रमण पनि फैलिएकोले महिना दिन भन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ ।