काठमााडौं । जोर्डन राजपरिवार सम्बन्धी कथित आधारमा कुनै पनि समाचार प्रकाशन गर्न रोक लगाइएको छ । मङ्गलवार जोर्डनको राजधानी अम्मानका महाअधिवक्ता हसन अल-अब्दल्लातले विज्ञप्ती जारी गर्दै यस्ता प्रकाशनमा रोक लगाएको हो ।
राजकुमार हमजामाथि भइरहेको अनुसन्धान गोप्य राख्नको लागि अहिलेको अवस्थामा अनुसन्धान सम्बन्धी कुनै पनि प्रकाशनमा रोक लगाइएको छ, विज्ञप्तिमा उल्लेख छ । अडियो, भिडियो र फोटोलगायतका कुनै पनि किसिमका सूचना र समाचार सामाजिक सञ्जालमा समेत हाल्न नपाइने विज्ञप्तिमा उल्लेख छ ।
जोर्डनका राजकुमार एवं वर्तमान राजा अब्दुल्लाह द्धितीयका सौतेनी भाइ हमजा बिन हुसेनले आफूलाई नजरबन्दमा राखिएको आरोप लगाएको दुई दिनपछि यस्तो निर्णय भएको हो । राजकुमार हमजा जोर्डन सरकारका कट्टर आलोचक मानिन्छन् ।
सरकारमाथि सुरक्षा खतराको प्रयास भएको भन्दै अहिले जोर्डनमा पूर्व राजपरिवारका थुप्रै सदस्यहरूलाई पक्राउ गरिएको छ । त्यसमा राजकुमार हमजाले आफूमाथि सरकारको आलोचना गरिएको सभामा भाग लिएको आरोप लगाएको बताएका छन् ।