काठमाडौं । भारतमा थप रुसी सैन्य उपकरणहरू बनाउनका लागि छलफल भइरहेको रुसका विदेश मन्त्री सर्गेई लाभ्रोभले बताएका छन् । भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशंकरसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कस्तो किसिमका सैन्य उपकरणहरू बनाइनेछन् भनेर स्पष्ट नपारे पनि दुवै देशका विदेशमन्त्रीहरूले यसबारे छलफल भइरहेको बताएका छन् । सम्भवत: भारतमा रुसी सैन्य हेलिकप्टर पनि बनाइनेछ । 'हामीले सैन्य प्राविधिक विकासका लागि सहकार्य गर्ने निश्कर्ष निकालिसकेका छौं', रुसी विदेश मन्त्री लाभ्रोभले भनेका छन् ।