काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब शानदार जितसहित एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै आर्मी दोस्रो चरणमा पुग्न सफल भएको हो ।
एक गोलले पछि परेको आर्मीलाई पुनरागमन जित दिलाउन नवयुग श्रेष्ठले दुई गोल गरे । यस्तै सन्तोष तामाङ, टंक बहादुर बस्नेत र सुदिल राईले एक–एक गोल गरे । श्रीलंका पुलिसका इभान्सले एक गोल फर्काए ।
आर्मीले मध्यान्तरसम्म २–१ ले अग्रता लिएको थियो भने मध्यान्तरपछि ३ गोल थपेको थियो ।
अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । खेल बैशाख १ गते नववर्षको दिन भारतमै हुनेछ ।
त्यसपछिको सम्भावना
भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।
यस प्ले अफको विजेताले समूह चरणको समूह ुडीु मा स्थान बनाउने छ । समूह ुडीु मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछन् ।