वासिङ्टन। अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रुसलाई यूक्रेन विरूद्ध कडा कदम नचाल्न रुसलाई आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा रुसलाई चेतावनी दिँदै भने, “यूक्रेन विरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम’ रुसले बेहोर्नुपर्नेछ।
उनले भने, “मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रुसी कदमप्रति गम्भीर चासो व्यक्त गर्दछ।” अमेरिकाले युरोप क्षेत्रमा सैन्य व्यवस्थापन विषयमा कुरा गर्ने क्रममा अमेरिकी विदेश मन्त्रीको उक्त भनाइ आएको हो।
“अमेरिकी राष्ट्रपति जो बाइडेन यस विषयमा बहुतै प्रस्ट हुनुहुन्छ। यदि रुसले जथाभाबी वा आक्रामक रूपमा प्रस्तुत भएमा यसको ठुलो मूल्य चुकाउनुपर्नेछ,” ब्लिङ्केनले भने।