‘सडकमा भिक्षाम् देहीको अन्त्य हुन्छ’ – प्रधानमन्त्री ओली
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
74
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालभित्र सडकमा कोही पनि नहुने बताएका छन् । उनले विभिन्न कारणले भीख मागेर हिँड्नु पर्ने अवस्थाको अन्त्य गर्ने र सामान्य नागरिक सरह बाँच्न पाउने अधिकार स्थापित गर्ने बताए ।
राष्ट्रका नाममा सम्वोधन गर्दै बुधबार बिहान सिंहदरबारबाट उनले अब कुनै पनि सडक बालबालिका सडकमा कोही पनि नहुने बताए । २०७८ सालभित्रै सडकमा कुनै पनि बालबालिकाले दुःख पाएर बस्नु नपर्ने दावीसमेत उनले गरे ।
उनले ‘जसका आमाबाबु छैनन् तिनीहरुको सरकार छ’ भन्दै सरकारले सबैको अभिभावकत्व ग्रहण गर्ने बताए ।