प्रजातन्त्रको बचाउमा लागेका हङकङका अरबपति जिमीलाई जेल सजाय
एजेन्सी
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
100
Shares
काठमाडौँ। हङकङका प्रजातन्त्र समर्थक मिडिया टाइकुन एवं अरबपति जिमी लाइलाई १ वर्षको जेल सजाय तोकिएको छ। सन् २०१९ मा भएको प्रजातन्त्र समर्थक आन्दोलनमा सहभागी भएका जिमीसहित अन्यलाई शुक्रवार अदालतले सजाय तोकेको हो।
चीनले हङकङमाथि थप कडाइ गरिरहेका बेला ७३ वर्षीय एप्पल डेली न्युज पेपरका संस्थापक जिमीलाई सजाय तोकिएको हो।
यसबाहेक अन्य नौ जनालाई पनि महिनौँको जेल सजाय सुनाइएको छ। जिमीमाथि लागेका पाँच आरोपमध्ये दुई राष्ट्रिय सुरक्षा कानुनको उल्लङ्घन गरेको विषयमा छन्।
चीनले हङकङलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्न पछिल्ला समय त्यहाँ राजनीतिक र सुरक्षा क्षेत्रका नीतिहरू फेर्दै आएको छ।