काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यही बैशाख ११ गते नवनिर्मित ऐतिहासिक धरहरा उद्घाटनको तयारी गरिरहेको जनाएको छ ।
प्राधिकरणले बैशाख ११ गते धरहरा उद्घाटनको तयारी भइरहेको आफ्नो आधिकारिक सामाजिक संजाल पेजमार्फत जनाएको हो ।
उदघाटनमा हालसम्म कसैलाई निमन्त्रणा नपठाएको र कोभिड–१९ को विषम परिस्थितिमा कसरी सुरक्षित ढंगले कार्यक्रम गर्ने भन्नेतर्फ प्राधिकरण लागिरहेको जनाएको छ ।
तर सरोकारवाला र सबै नागरिकलाई उद्घाटनको अवलोकनको वैकल्पिक व्यवस्था गरिने जानकारी पनि प्राधिकरणले जनाएको छ ।
विनाशकारी महाभूकम्पको छैटौं बर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्ने कार्यक्रम छ । भीमसेन थापाको पालामा बनेको धरहरा २०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्किएको थियो। नौ तले धरहरा अहिले २२ तले बनेको छ।