मोरङ । मोरङको कानेपोखरीमा चट्याङले लागेर बिहिवार एक महिलाको मृत्यु भएको छ ।
कानेपोखरी २ नम्बर वडा स्थित दलेलीकी ४३ वर्षीया सुकवती राजवंशीको चट्याङले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार बिहान साढे ८ बजे घर नजिकै बाधेका गाईगोरू सार्न जाने क्रममा चट्याङले लागेर गम्भीर घाइते भएकी थिइन ।
घाइते राजवंशीको उपचारको लागि उर्लाबारी स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।