काठमाडौं । एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल देशब्यापी लकडाउन गर्ने सोचमा सरकार नरहेको बताएका छन् ।
एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि आइतबार बालुवाटारमा संचारकर्मीहरुसँगको कुराकानीमा उनले तत्काल देशभरि लकडाउन नगर्ने जानकारी दिएका हुन् ।
यतिबेला सरकारको ध्यान नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा केन्द्रीत भइरहेकाले लकडाउनबारे तत्काल निर्णय नहुने मन्त्री ज्ञवालीको भनाइ थियो ।
लकडाउनले कोरोना संक्रमण कम गराएपनि दीर्घकालीन समाधान नभएको र अर्थतन्त्रमा पनि असर पर्ने भएकाले तत्काल देशब्यापी लकडाउनको सोचमा सरकार नरहेको पनि उनले जनाए ।
‘स्थानीय स्तरमा कोरोना बढ्यो भने स्थानीय सरकारले लकडाउन गलाए तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं,’ उनले भने । उनले हटस्पटमा अलग्गै लकडाउन हुन सक्ने तर देशव्यापी लकडान तत्काल नगरिने स्पष्ट पारेका हुन् ।