चीनमा याङजी नदीमा घट्दो पानीका कारण पर्यावरणीय र आर्थिक प्रभाव
एजेन्सी
प्रकाशित २०७८ वैशाख १२ आइतबार
101
Shares
बेइजिङ। चीनको याङजी नदीमा घट्दो पानीको मात्राका कारण साङघाई क्षेत्रमा पर्यावरणीय र आर्थिक असर पुग्ने विश्लेषण गरिएको छ। याङजी नदीमा पानीको मात्रा घटिरहेको कारण आर्थिक केन्द्र साङघाईमा आर्थिक तथा पर्यावरणीय प्रभाव पर्ने विश्लेषण भएको हो।
चीनको आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण याङजी नदीको पानीको मात्रा घटिरहेको एडभान्स इन वाटर साइन्स पत्रिकामा उल्लेख गरिएको छ।
जलवायु परिवर्तन, भू-परिदृश्य परिवर्तन तथा बाँध निर्माण कार्यले याङजी नदीको पानीको सतहमा असर गरेको रिपोर्टमा उल्लेख छ। यसले आर्थिक केन्द्र साङघाईमा आर्थिक तथा पर्यावरणीय क्षति पुर्याउने विश्लेषण गरिएको छ।
करिब छयालिस करोड मानिस बसोबास गर्ने याङजी क्षेत्र साङघाईको आर्थिक गतिविधि हुने मुख्य क्षेत्र हो। चीनमा खाद्यान्न उत्पादन तथा सामान ढुवानीका लागि याङजी नदीको जलस्रोत महत्त्वपूर्ण रहेको छ।
सन् १९८० यता चीन सरकारले गरेको अध्ययनबाट याङजी नदीमा प्रत्येक पाँच वर्षमा दुई सेन्टिमिटरको दरले पानीको मात्रा कम भइरहेको देखिएको छ।