पोखरेल पुनः मुख्यमन्त्री बनेपछि एमालेका तीन सांसदले दिए राजीनामा
नारायण वली,
प्रकाशित २०७८ वैशाख १९ आइतबार
249
Shares
रुपन्देही । शङ्कर पोखरेल पुनः मुख्यमन्त्री पदमा नियुक्त भएसँगै नेकपा एमालेका तीन सांसदहरुले राजीनामा दिएका छन् । राजीनामा दिएपछि केही घण्टा काम चलाऊ मुख्यमन्त्री वनेका पोखरेलाई प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै, पुनः मुख्यमन्त्री पदमा नियुक्त भएसँगै लुम्बिनी प्रदेशका नेकपा एमालेका तीन जना सांसदहरुले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै राजीनामा दिएका हुन्।
यसरी राजीनामा दिनेहरूमा कपिलवस्तु क्षेत्र नं.१ (क) बाट निर्वाचित दुर्गा नारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नं. २ (ख) बाट निर्वाचित धर्म बहादुर लाल श्री वास्तव र पश्चिम नवलपरासीका अजय बहादुर शाही रहेका छन् ।
उनीहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाई सकेको बताएका छन् । यस्तै, मुख्यमन्त्रीमा पुनः नियुक्त भएका मुख्यमन्त्री पोखरेल नयाँ नियुक्ति अव के हुन्छ ? भन्ने कुरा चासोको विषय बन्न पुगेको छ ।