कोरोना संक्रमित कांग्रेस नेता भण्डारी अस्पताल भर्ना
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
200
Shares
तस्वीर–फाइल ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी ग्राण्डी अस्पताल भर्ना भएका छन् । नेता भण्डारी कोभिड उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।
उनी तीन दिनअघि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझदेखि श्वासप्रश्वासमा केही समस्या देखिएपछि उनी अस्पताल भर्ना घएका हुन् ।
नेता भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेसनमा रहेको प्रेस सल्लाहकार डम्बर अधिकारीले जानकारी दिएका छन् ।